धनगढी ।
धनगढीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ स्थित लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस फेला परेको हो।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको चरेस बरामद भएको थियो। तर, चरेस बोक्दै गरेको १०७२ नम्बरको एनएस प्लसर मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति भने फरार भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।
- Jigyasa media