Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

कुवेतमाथिको कीर्तिमानी जित: नेपाली क्रिकेट टिमका तीन ऐतिहासिक उपलब्धि

  •   १ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत २८ – हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले कुवेतलाई हराउँदै तीनवटा कीर्तिमान आफ्नो नाममा लेखाएको छ। नेपाली क्रिकेट टिमले ट्वान्टी–२० इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै ऐतिहासिक जित हात पारेको हो।

१८६ रनको चुनौती, १८.५ ओभरमै पार

मोङ कक मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालले कुवेतले दिएको १८६ रनको विशाल लक्ष्य १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो। यो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले चेज गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो।

भुर्तेल–आसिफको ऐतिहासिक साझेदारी

नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले बलियो जग तयार गरे। भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्कासहित ८१ रन बनाए भने आसिफले ५३ रनमा दुई चौका र चार छक्का प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै अर्को कीर्तिमान बनाए – यो नेपालले पहिलो विकेटका लागि टी–२० मा बनाएको सबैभन्दा ठूलो साझेदारी हो।

दीपेन्द्र सिंह ऐरी: ‘डक’ रहित ६६ इनिङ

तेस्रो कीर्तिमान दीपेन्द्र सिंह ऐरीको नाममा रह्यो। उनले १२ बलमा ३१ रन जोड्दै ‘डक’ नभई खेलेको इनिङ संख्यालाई ६६ पुर्‍याए। यसअघि वेस्ट इन्डिजका मार्लोन स्यामुएल्सले ६५ इनिङसम्म ‘डक’ नभई खेलेका थिए। अब यो कीर्तिमान नेपाली खेलाडीको नाममा दर्ता भएको छ।

कुवेतको संघर्ष र नेपालको बलिङ

यसअघि कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। बलिङतर्फ नेपालले संयमित प्रदर्शन गर्दै विपक्षीलाई रोक्न सफल भयो।

लगातार दोस्रो जित, अब भिडन्त हङकङसँग

यो नेपालको प्रतियोगितामा लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल अब लिग चरणको अन्तिम खेलमा शनिबार आयोजक हङकङसँग भिड्नेछ।

  • Jigyasa media

थप