Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

विश्वकप लिग-२: नेपालका लागि अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने टिमको घोषणा

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। यस टिमको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन्। टिममा देव खनाल र सागर ढकाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।

नेपालको मुख्य टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने छन्।

सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्नेछ। त्यसपछि अक्टोबर २९ मा स्कटल्याण्ड, नोभेम्बर २ मा पुन: अमेरिका, र नोभेम्बर ४ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।


  • Jigyasa media

थप