Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

बनेपामा जसपाको जिल्ला कार्यालय उद्घाटन ‘शक्तिशाली संगठन निर्माण’ गर्न यादवको आह्वान

  •   १ वर्ष अघि | २४ जेष्ठ २०८२, शनिबार

बनेपा, काभ्रेपलाञ्चोक – जेठ २४ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपा–६ बुडोलमा जिल्ला पार्टी कार्यालय उद्घाटन, प्रमाणपत्र वितरण तथा प्रथम जिल्ला अधिवेशनपछि निर्वाचित पदाधिकारीहरूलाई प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा अध्यक्ष यादवले देश अहिले नवउदारीकरण र पुँजीवादी संक्रमणबीच तड्पिरहेको अवस्थामा उत्पीडित समुदायको मुक्तिका लागि जनतामैत्री समाजवादको मार्ग अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिंदै समाजवादी शासन व्यवस्थाका लागि संगठनलाई शक्तिमा रूपान्तरण गर्न निर्णायक सडक संघर्ष, राजनीतिक जागरण र जनसंपर्क अभियानलाई तीव्र पार्नुपर्ने निर्देश दिए।


संविधान पुनर्लेखनको पक्षमा कडा धारणा

अध्यक्ष यादवले वर्तमान शासन संरचना सत्ताकेन्द्रित, जातीय विभेदयुक्त र असमानताको कारक रहेको उल्लेख गर्दै गैरसंसदीय मन्त्री परिषद्, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, ऐतिहासिक सामुदायिक पहिचानमा आधारित स्वायत्त प्रदेशहरू लगायतका प्रावधान समेटिएको संविधान संशोधन/पुनर्लेखन अपरिहार्य भएको स्पष्ट पारे।


निर्णायक शक्ति बन्नुपर्ने आवश्यकता

उनले भनें, “हामी अब उत्पीडित समुदायको नेतृत्व गर्दै स्वतन्त्रता, समानता र न्यायका लागि अग्रसर हुँदैछौं। राजनीतिक शक्ति निर्णायक नबनेसम्म हाम्रो अधिकार सुनिश्चित हुँदैन। त्यसैले प्रशिक्षण, जनचेतना र आन्दोलनका माध्यमबाट संगठनलाई निर्णायक शक्तिमा रूपान्तरण गर्नैपर्छ।”

कार्यक्रममा काभ्रे जिल्लाका तर्फबाट प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षण सत्रमा लोकतान्त्रिक समाजवाद, संघीयता, समावेशी शासन व्यवस्था र संगठन विस्तारको रणनीतिबारे व्यापक छलफल भएको थियो।

सहभागिता र वातावरण

उक्त कार्यक्रममा पार्टीका जिल्ला, नगर र वडास्तरीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा समावेशिता, सामाजिक न्याय र स्थानीय पहिचानको संवर्द्धनमा आधारित बहसहरू पनि उठाइएका थिए। समापन सत्रमा आगामी दिनमा संगठन विस्तार, स्थानीय मुद्दा तथा जनसंघर्षमा पार्टीलाई अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरियो।


  • Jigyasanepal

थप