Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रेपलाञ्चोकमा जनता समाजवादी पार्टी नेपालको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न

अध्यक्षमा बीर बहादुर तामाङ सर्वसम्मत

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शनिबार

काभ्रे, जेठ ३ । जनता समाजवादी पार्टी, नेपाल काभ्रेपलाञ्चोकको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशन जिल्ला तदर्थ समितिका अध्यक्ष बीर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख वक्ता केन्द्रीय सदस्य एवं “जनता संग जसपा, नेपाल” अभियानका काभ्रे जिल्ला अभियन्ता रजनी श्रेष्ठ तामाङ रहे। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य कान्छा तामाङ (ब्लोन विकास), संघीय परिषद सदस्य धन बहादुर तामाङलगायत विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्दै आएका नेताहरुको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष पल्देन तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ध्रुव बहादुर थापा मगरले गरेका थिए।


नयाँ जिल्ला समिति चयन

खुल्ला सत्रमार्फत धन बहादुर तामाङको अध्यक्षतामा भीम बहादुर श्रेष्ठ र आशलाल दोङ सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो। सो मण्डलमार्फत सर्वसम्मत रूपमा २४ सदस्यीय जिल्ला समिति गठन गरिएको छ, जसको नेतृत्व फेरि बीर बहादुर तामाङले पाएका छन्।

घोषित जिल्ला समिति यस्तो छ:

अध्यक्ष: बीर बहादुर तामाङ (बनेपा-६)
उपाध्यक्ष: पल्देन तामाङ (तेमाल-४)
सचिव: ध्रुव बहादुर थापा मगर (तेमाल-१)
उप–सचिव: विकास ब्लोन "जंगे" (बनेपा)
कोषाध्यक्ष: श्यामकृष्ण श्रेष्ठ

सदस्यहरू:
१) पञ्चम तामाङ (बनेपा-१४)
२) गुणराज पाण्डे (तेमाल-८)
३) उत्तरध्वज तामाङ (तेमाल-२)
४) दोण्ढुप लामा (तेमाल-५)
५) तुल बहादुर तामाङ (तेमाल-१)
६) सानुकान्छा तामाङ (तेमाल-९)
७) दावा तामाङ (तेमाल-२)
८) गंग बहादुर लामा (बेथानचोक-६)
९) टुकमान तामाङ (रोशी-७)
१०) म्हेन्दो मायाँ तामाङ (बनेपा-६)
११) निर्जला मोक्तान (महाभारत-२)
१२) श्रृजना वाइबा (खानीखोला-४)
१३) धन बहादुर मोक्तान (धुलिखेल-५)
१४) चेत बहादुर कामी (मण्डनदेउपुर-१२)
१५) शेर बहादुर तामाङ (पाँचखाल-४)
१६) मोहनलाल श्रेष्ठ (पाँचखाल-१२)
१७) ज्ञान बहादुर मगर (रोशी-३)
१८) पुर्णलाल तामाङ (भुम्लु-१)
१९) पञ्चमाया थिङ (तेमाल-२)


उत्पीडित समुदायको आवाज बन्दै जसपा

प्रमुख वक्ता रजनी श्रेष्ठ तामाङले आफ्नो सम्बोधनमा उत्पीडित समुदायको मुक्ति, समावेशी नेतृत्व विकास, र समाजवादी नीतिको माध्यमबाट ग्रामीण बस्तीहरूमा राजनीतिक चेतना जगाउने अभियानलाई थप सशक्त बनाइने प्रतिवद्धता व्यक्त गरिन्।

“समावेशिता, संगठन, र समुदायमैत्री राजनीतिमार्फत परिवर्तनकामी जनताको आशा–आकांक्षालाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो अभियान हो,” उनले जोड दिइन्।

जसपा काभ्रेले यस अधिवेशनमार्फत जिल्लास्तरमा संगठनलाई अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म व्यापक जनसंपर्क विस्तार गर्ने संकेत दिएको बताइन्छ ।

  • Jigyasanepal

थप