Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्माद्वारा पार्टीको नाम र चुनाव चिन्ह परिवर्तनको प्रस्ताव

  •   २ वर्ष अघि | २७ साउन २०८१, आइतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने प्रस्ताव गरेका छन्।


सरकारबाट बाहिरिएपछि बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले यो प्रस्ताव अघि सारेका हुन्। पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले वर्तमान परिवेश र कामको अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्नुपर्ने र आम जनताले सहज रूपमा स्वीकार गर्नसक्ने चुनाव चिन्हको चयन गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका छन्।

शर्माले पार्टीको सशक्तीकरण र आगामी निर्वाचनको तयारीका लागि यसलाई महत्त्वपूर्ण कदमको रूपमा प्रस्तुत गरेका छन्।

  • Jigyasa media

थप