काठमाडौं - आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कीर्तिपुर नगरपालिकाको नगरप्रमुख र दुई वडाध्यक्ष पदका उम्मेदवारको नाम सार्वजनिक गरेको छ। एमालेकी कीर्तिपुर नगर समितिले केही दिनअघि नगरप्रमुखका लागि डा. सुरेन्द्र मानन्धर, वडा नं १ का लागि तथा वडा नं ४ का लागि बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो।
आज यहाँ आयोजित घोषणासभामा बोल्दै नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको अपेक्षाअनुसार जनप्रतिनिधिले इमानदार र प्रभावकारी सेवा पुर्याउनुपर्ने बताए।
उक्त सभामा एमाले स्थायी समिति सदस्य राजन भट्टराई र बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताको हितमा समर्पित भएर काम गर्न जनप्रतिनिधिहरूले ध्यान दिनुपर्नेमा जोड दिए। जनताको मन जित्ने उद्देश्यले निर्वाचनमा होमिनुपर्ने र उनीहरूका सेवामा निरन्तर क्रियाशील हुनुपर्ने पनि नेताहरूले औंल्याए।
- Jigyasa media