Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

जात जन्मिदैन, निर्माण गरिन्छ: प्रधानमन्त्री ओलीको छुवाछुतविरुद्ध प्रहार

  •   १ वर्ष अघि | २१ जेष्ठ २०८२, बुधबार

काठमाडौँ, जेठ २१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा सामाजिक संरचनामा गहिरिएको जातीय विभेदविरुद्ध घनगोर प्रहार गरेका छन्। सामाजिक सञ्जालमार्फत बुधबार बिहान सार्वजनिक सन्देशमा उनले लेखेका छन्— "आमाले जात होइन, नवजात मानव जन्माउँछिन्।"

प्रधानमन्त्री ओलीको उक्त भनाइमा जातीय विभाजनको जरो हल्लाउने भावना स्पष्ट झल्किन्छ। उनले भनेका छन्—

“नवजात शिशु हिँड्न थालेपछि मात्र समाजले जात र थर सोध्न थाल्यो। तर, मानवताभन्दा माथि कुनै जात हुँदैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ।”

उनको सन्देशमा जात–थरको नाममा गरिने भेदभावप्रति गम्भीर अस्वीकार व्यक्त गरिएको छ। उनले स्पष्ट पारे—

“हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज निर्माण गर्नु छ।”

जातीय विभेद अन्त्यका लागि सबैलाई समभाव र समानताको बाटो समात्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन्। अन्त्यमा उनले शुभकामना दिँदै लेखेका छन्
“जातीय छुवाछुत उन्मूलन दिवसको सबैमा शुभकामना!”

  • Jigyasanepal

थप