Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

‘टुक्की बालेर मन्त्री खोज्नुपर्छ!’पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाको कटाक्ष

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख २६ – सत्तारूढ नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूप्रति कडा असन्तोष व्यक्त गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रीहरूले फोन नउठाउने, भेट्न गाह्रो हुने र सांसदहरूको आवाज सुन्ने संस्कार हराउँदै गएको भन्दै तीव्र आलोचना गरे।

“मन्त्री हुने साथीहरूप्रति दुखेसो छ। के तपाईंहरू अन्तिम पटक मन्त्री हुनुभएको हो? फेरि फर्किएपछि त हामी सांसदहरुकै लहरमै बस्नुपर्ने हो नि,” भन्दै बास्कोटाले कटाक्ष गरे, “सत्तापक्षकै सांसद हुँ तर म गुनासो गर्न पाइन्छ कि?”

उनले गुनासो मात्र होइन, मन्त्रीहरूको व्यवहारप्रति निराशा झल्काउने शैलीमा थपे, “कतिको दैलोमा पुग्दा भेट नै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे पनि हुँदैन। कहाँ खोज्न जानु? टुक्की बालेर खोज्नुपर्छ कि मन्त्रीहरूलाई?”

यस्तै, सांसद बास्कोटाले बजेट र नीति कार्यक्रम बनाउँदा केवल निर्वाचन क्षेत्रको सीमित सोचले होइन, राष्ट्रिय हितका आधारमा योजना बनाइनुपर्ने सुझावसमेत दिए। “नीति तथा कार्यक्रम र बजेट बनाउँदा देशलाई सोचेर गर्नुहोस्, क्षेत्रलाई सोचेर नगर्नुहोस्,” उनले जोड दिए।

  • Jigyasanepal

थप