Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

‘टुक्की बालेर मन्त्री खोज्नुपर्छ!’पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाको कटाक्ष

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख २६ – सत्तारूढ नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूप्रति कडा असन्तोष व्यक्त गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रीहरूले फोन नउठाउने, भेट्न गाह्रो हुने र सांसदहरूको आवाज सुन्ने संस्कार हराउँदै गएको भन्दै तीव्र आलोचना गरे।

“मन्त्री हुने साथीहरूप्रति दुखेसो छ। के तपाईंहरू अन्तिम पटक मन्त्री हुनुभएको हो? फेरि फर्किएपछि त हामी सांसदहरुकै लहरमै बस्नुपर्ने हो नि,” भन्दै बास्कोटाले कटाक्ष गरे, “सत्तापक्षकै सांसद हुँ तर म गुनासो गर्न पाइन्छ कि?”

उनले गुनासो मात्र होइन, मन्त्रीहरूको व्यवहारप्रति निराशा झल्काउने शैलीमा थपे, “कतिको दैलोमा पुग्दा भेट नै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे पनि हुँदैन। कहाँ खोज्न जानु? टुक्की बालेर खोज्नुपर्छ कि मन्त्रीहरूलाई?”

यस्तै, सांसद बास्कोटाले बजेट र नीति कार्यक्रम बनाउँदा केवल निर्वाचन क्षेत्रको सीमित सोचले होइन, राष्ट्रिय हितका आधारमा योजना बनाइनुपर्ने सुझावसमेत दिए। “नीति तथा कार्यक्रम र बजेट बनाउँदा देशलाई सोचेर गर्नुहोस्, क्षेत्रलाई सोचेर नगर्नुहोस्,” उनले जोड दिए।

  • Jigyasanepal

थप