Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

शिक्षक–सरकार वार्ता टुंगियो, अब निर्णायक घडी: मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

  •   २ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

बैशाख १७, काठमाडौं ।

शिक्षक आन्दोलनको निर्णायक मोडतर्फ उन्मुख हुँदै सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ।

बुधबार अपरान्ह सुरु भएको बहुप्रतीक्षित वार्ता साँझमा टुंगिएको हो। अब वार्ताको निष्कर्षका आधारमा सरकारको नीति तय गर्न मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।

वार्ता सकिएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक सिधै मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका छन्।

बालुवाटारबाट संकेत: शिक्षक मागबारे निर्णय आउन सक्ने

बालुवाटार स्रोतका अनुसार आन्दोलनरत शिक्षकका नौबुँदे मागबारे तत्काल निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
शिक्षक महासंघले पटकपटक चेतावनी दिँदै आएको छ कि यदि व्यवहारिक रूपमा माग सम्बोधन भए मात्र आन्दोलनको स्वरूप परिवर्तन गर्नेछ।

अबको घडीमा सरकारको निर्णयले आन्दोलनको दिशा तय गर्ने देखिन्छ ।

  • Jigyasanepal

थप