Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

शिक्षक–सरकार वार्ता टुंगियो, अब निर्णायक घडी: मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

बैशाख १७, काठमाडौं ।

शिक्षक आन्दोलनको निर्णायक मोडतर्फ उन्मुख हुँदै सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ।

बुधबार अपरान्ह सुरु भएको बहुप्रतीक्षित वार्ता साँझमा टुंगिएको हो। अब वार्ताको निष्कर्षका आधारमा सरकारको नीति तय गर्न मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।

वार्ता सकिएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक सिधै मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका छन्।

बालुवाटारबाट संकेत: शिक्षक मागबारे निर्णय आउन सक्ने

बालुवाटार स्रोतका अनुसार आन्दोलनरत शिक्षकका नौबुँदे मागबारे तत्काल निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
शिक्षक महासंघले पटकपटक चेतावनी दिँदै आएको छ कि यदि व्यवहारिक रूपमा माग सम्बोधन भए मात्र आन्दोलनको स्वरूप परिवर्तन गर्नेछ।

अबको घडीमा सरकारको निर्णयले आन्दोलनको दिशा तय गर्ने देखिन्छ ।

  • Jigyasanepal

थप