Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रदेश प्रमुखहरूलाई राष्ट्रपति पौडेलले शीतल निवासमा बेलुका ५ बजे शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि बागमती प्रदेश प्रमुखमा यादव चन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार थिए। मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बर्खास्त गरेर नयाँ नियुक्ति गरेको हो। शर्मा नेकपा एकीकृत समाजवादी, शेरचन र परियार माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए।

  • Jigyasa media

थप