काठमाण्डौ ।
संघीय संसद् अन्तर्गत महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकहरु आज बस्ने भएका छन्।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ। यस बैठकमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजेका लागि बोलाइएको छ। यस बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ।
- Jigyasa media