काठमाडौँ – आज दुई संसदीय समितिहरूका बैठक बस्ने भएका छन्। बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक हुनेछ, जसमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गर्ने तथा शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार छलफल हुने कार्यक्रम रहेकोछ।
- Jigyasa media