Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

संसद्‌को हिउँदे अधिवेशन आज अन्तिम बैठकपछि अन्त्य हुँदै

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १९ – संसद्‌को हिउँदे अधिवेशन अन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्ने भएको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते राति १२ बजे हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। गत माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनले सरकारले ल्याएका पाँच वटा अध्यादेश दुवै सदनबाट पारित गरिसकेपछि अधिवेशन नै अन्त्य गर्ने निर्णय गरिएको हो।

अब सरकार पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम तथा आगामी बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउनेछ।

यसैबीच, राष्ट्रिय सभाको बैठक चैत २५ गतेका लागि बोलाइए पनि अब बस्न नसक्ने भएको छ।

अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली आजै थाइल्यान्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।


  • Jigyasa media

थप