Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

संसद्‌को हिउँदे अधिवेशन आज अन्तिम बैठकपछि अन्त्य हुँदै

  •   १ वर्ष अघि | १९ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १९ – संसद्‌को हिउँदे अधिवेशन अन्तर्गत आज (मंगलबार) अन्तिम बैठक बस्ने भएको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते राति १२ बजे हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। गत माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनले सरकारले ल्याएका पाँच वटा अध्यादेश दुवै सदनबाट पारित गरिसकेपछि अधिवेशन नै अन्त्य गर्ने निर्णय गरिएको हो।

अब सरकार पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम तथा आगामी बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउनेछ।

यसैबीच, राष्ट्रिय सभाको बैठक चैत २५ गतेका लागि बोलाइए पनि अब बस्न नसक्ने भएको छ।

अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली आजै थाइल्यान्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।


  • Jigyasa media

थप