Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (टियु)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्धारित कार्यतालिका अनुसार चैत ५ गते निर्वाचन सम्पन्न गरिनेछ।

निर्वाचन प्रक्रिया फागुन १९ गतेबाट सुरु हुने टियुले जनाएको छ। सोही दिन संघ/संगठन दर्ता गरिनेछ भने फागुन २१ गते मतदाता सूची प्रकाशन गरिनेछ। फागुन २५ गतेभित्र मतदाता सूची सम्बन्धी दाबी–विरोध पेश गर्न सकिनेछ, जसपछि सोही दिन बेलुका ५ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ।

फागुन २६ गते ११ बजेबाट २ बजेसम्म मनोनयन पत्र वितरण गरिनेछ भने फागुन २७ गते सोही समय अवधिमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। सोही दिन बेलुका ५ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। फागुन २८ गते उम्मेदवारीमाथि दाबी–विरोध तथा छानबिन गरी अन्तिम सूची सार्वजनिक गरिनेछ।

फागुन २९ गते उम्मेदवारी फिर्ता लिन सकिनेछ र सोही दिन अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। प्रचार–प्रसारका लागि फागुन २९ देखि चैत २ गते मध्यरातसम्म समय छुट्याइएको छ।


  • Jigyasa media

थप