काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङमा हुने यो भेटसँगै प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली चियाङसँग पनि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् भने मंसिर २० गते स्वदेश फर्कने योजना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीन भ्रमणका क्रममा दुई देशबीच आर्थिक, व्यापारिक, तथा पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको अन्तिम तयारी भइरहेको जना
एको छ।
- Jigyasa media