Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

प्रतिनिधिसभा बैठक आज, पाँच अध्यादेश निर्णयार्थ पेस गरिँदै

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बुधबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ।

बैठकको कार्यसूचीअनुसार ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित विभिन्न पाँच अध्यादेश छलफलका लागि प्रस्तुत हुनेछन्।

त्यस्तै, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी प्रवर्द्धन सम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश, २०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ समेत बैठकमा निर्णयार्थ पेस गरिनेछ।

सरकारले प्रारम्भमा छ वटा अध्यादेश प्रस्ताव गरे पनि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ विपक्षी दलहरूको असहमतिको कारण रोकिन पुगेको छ। जसपा, नेपाल र लोसपाले असहमति जनाएपछि उक्त अध्यादेश स्थगित गरिएको हो।

यसअघि, गत २४ माघमा प्रस्तावित अध्यादेशहरू बैठकको कार्यसूचीमा समेटिए पनि अन्तिम समयमा हटाइएको थियो। करिब एक महिनापछि पुनः ती अध्यादेश अगाडि बढाइएका हुन्। यसैबीच, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरेका छन्।


  • Jigyasa media

थप