Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

प्रधानमन्त्री ओली: "स्वदेशमै रोजगारी र आयका अवसर खोज्न युवा र महिलालाई प्रेरित गर्नुपर्छ"

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना पूँजीबाट उत्पादन वृद्धि गर्ने उद्योगहरूको स्थापना र विस्तारमा जोड दिनुपर्ने बताएका छन्। 'स्टार्ट अप नेसन २०३०' कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरू र महिलाहरूलाई विदेश जाने आवश्यकता बिना नै स्वदेशमै रोजगारी र आयका अवसरहरू खोज्न प्रेरित गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न, र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलताको विकासमा बल दिनुपर्नेमा जोड दिए। उनले यस्ता उद्यमहरूलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकहरूले ऋण दिनुपर्ने पनि सुझाव दिए। 

प्रधानमन्त्री ओलीले केही ठगी तत्वहरूले सहकारी क्षेत्रमा पसेर बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई सही मार्गमा अगाडि बढाउने स्पष्ट पार्दै भने, "हामीले प्रविधि, सीप, र पूँजीका आधारमा देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुँदैन। यसलाई अभियानका रूपमा लानुपर्छ।"

उनले भने, "हामी सरकारमा झण्डा हल्लाउन आएका होइनौं। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन। केही गर्नका लागि जिम्मेवारीमा आएको हो।" 

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम दुई दिनसम्म चल्नेछ।

  • Jigyasa media

थप