Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सरकारको १०० दिन: अघिल्ला सरकारका कामको सापटी प्रधानमन्त्री ओलीको सूचीमा

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन महिनाको कार्यकालको उपलब्धि सूची सार्वजनिक गर्दा अघिल्ला सरकारले गरेका कामलाई सापटी लिएर प्रगति विवरणमा समेटेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले ७० प्रतिशत काम पूरा गरेको दाबी गरे पनि तीमध्ये कतिपय काम अघिल्लो सरकारकै कार्यकालमा सुरु भएका थिए।

ओलीले आफ्नो सम्बोधनमा अघिल्लो सरकारको मुख्य साझेदार आफैं रहेको तथ्यलाई नजरअन्दाज गर्दै अर्थतन्त्रलाई डाँवाडोल स्थितिबाट सुधारिएको बताए।

त्यस्तै, उनले माओवादी–कांग्रेस गठबन्धन सरकारले अगाडि बढाएको क्रेडिट रेटिङलगायतका कामलाई पनि आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरे। केही आयोजना भने अहिलेसम्म सम्पन्न नभएको अवस्थामा पनि सम्पन्न भएको दाबी गरे।

प्रधानमन्त्रीको १०० दिनको प्रगति सूचीमा सरकारको कामप्रति प्रश्न उठाइएको छ, जसमा नेपाली सेनाको व्यवस्थापनमा द्रुतमार्गको काम र अन्य आयोजना समेटिएको छ।

तर, नारायणगढ–बुटवल लगायतका सडक आयोजनामा देखिएको ढिलाइलाई भने ओलीले सम्बोधन गरे

का छैनन्।


  • Jigyasa media

थप