Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

एमालेले गर्यो उपनिर्वाचन एक्लै लड्ने निर्णय

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

काठमाडौं — नेकपा एमालेले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्ने धारणा अघि सारेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बदलिँदो विश्व परिप्रेक्ष्यमा नेपालले भारत र चीनसँग सन्तुलित परराष्ट्र नीति अँगाल्नुपर्ने बताए। बैठकमा हालैका विश्व राजनीतिक घटनाक्रमहरू, जस्तै अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचन र रुसमा सम्पन्न ब्रिक्स सम्मेलनका विषयमा छलफल भएको थियो। ज्ञवालीले सरकारलाई दुवै छिमेकीसँग असल र सन्तुलित सम्बन्ध बनाउँदै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्न सुझाव दिएका छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणबारे समेत छलफल भएको र यो भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुने अपेक्षा रहेको उनले जनाए। यसै क्रममा, बैठकले वर्तमान सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको छ। सरकारका कामकारबाहीलाई थप सशक्त बनाउन गठित संयन्त्रहरूको समन्वयमा सुधार हुँदै जाने विश्वास व्यक्त गरिएको छ।

साथै, आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रने निर्णय गरिएको छ। चुनावी गठबन्धनको कुनै योजना नरहेको र एमालेले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव ज्ञवालीले जानकारी दिए। कीर्तिपुर नगरप्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाका अध्यक्षमा तुल्सीराम विश्वास, नलगाड नगरपालिकाका उपप्रमुखमा सुनिता बोहोरा, र अन्य विभिन्न पदहरूका लागि उम्मेदवारहरू चयन गरिएको छ।



  • Jigyasa media

थप