काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली दश दिने भ्रमण छोट्याएर स्वदेश फर्किएको छ। उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन प्रस्थान गरेको १४ सदस्यीय टोली सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावनाका कारण भ्रमण छोट्याएर फर्किएको हो।
टोलीले सांघाईलगायतका शहरमा आधुनिक प्रविधि र प्राज्ञिक विचारहरू आदानप्रदान गरेको भए पनि बेइजिङको कार्यक्रम स्थगित गरेको उपसभापति वाग्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा जानकारी दिए।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको टोलीले सोमबार नै फर्किने योजना भए पनि टिकटको समस्या देखिएपछि बिहीबार बिहान मात्र काठमाडौं आएको हो।
- Jigyasa media