Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

मोदी–ओली भेट : “नेपालसँगको सम्बन्ध गहिरो र विशेष” मोदीको अभिव्यक्ति

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

१५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेटवार्ता भएको छ।

भेटपछि सार्वजनिक गरिएको तस्वीरसँगै मोदीले सामाजिक सञ्जालमार्फत नेपालको सम्बन्धबारे विशेष अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्— “भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ। तियान्जिनमा प्रधानमन्त्री ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो।”

ओली र मोदीबीच भएको यो भेटलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ। चीन भ्रमणकै क्रममा भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।

👉 यसअघि पनि मोदीले नेपाललाई भारतको “घनिष्ठ साझेदार” भन्दै दुवै देशबीच आपसी विश्वास र सहकार्यलाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

  • Jigyasanepal

थप