Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनमा सहदेव भण्डारी अध्यक्षमा निर्वाचित

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

काभ्रे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काभ्रेको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा सहदेव भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। दुई दिनसम्म चलेको अधिवेशनले भण्डारी नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल, इच्छाराम थापा, र गीता कुमारी शाहीलाई चयन गरेको छ। सचिवमा जीवन कुमार गोले, सहसचिवमा भगवान पराजुली र दामोदर थापा निर्वाचित भएका छन्।


सदस्य पदमा हिरा बजगाई, भिमसेन भुजेल, रूपक खरेल, रेमण्ड कर्माचार्य, पूर्ण बहादुर विश्वकर्मा, विनय महत, चेत बहादुर ब्लोन, रमेश प्रसाद दाहाल, र लिलादेवी खड्का श्रेष्ठ निर्वाचित भएका छन्।

सहमति प्रक्रियाबाट आकांक्षी उम्मेदवारहरूबीच समझदारी कायम गरी भण्डारीलाई अध्यक्ष बनाउने निर्णय गरिएको हो।


  • Jigyasa media

थप