Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सहकारी घोटालामा मुछिएका रवि लामिछाने पोखरा लगिएकाे, थप अनुसन्धान जारी

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

रुपन्देही, कात्तिक ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा अनुसन्धानका लागि शुक्रबार पोखरा लगिएको छ।

लामिछानेलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ अपचलन आरोपमा कास्की प्रहरी हिरासतबाट कार्तिक २७ गते रुपन्देही ल्याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय, भैरहवामा तीन दिनसम्म साढे २३ घण्टा लामो बयानपछि उनलाई पुनः कास्की पठाइएको हो।

१४ करोडको घोटाला अनुसन्धान

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनले १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा खर्च भएको देखाएको छ। यसमा लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ पनि संलग्न रहेको बताइएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले थप कागजात प्राप्त भएमा लामिछानेसँग पुनः बयान लिइने जानकारी दिए।


यति एयरलाइन्समार्फत पोखरा पठाइयो

बयान बिहीबार सकिए पनि ढिलाइका कारण शुक्रबार यति एयरलाइन्सको विमानमार्फत लामिछानेलाई पोखरा पठाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए।

प्रहरीले लामिछानेसहित जीवी राई र अन्य १२ जनालाई सहकारीको ठगी प्रकरणमा मुछेको भन्दै पक्राउ अनुमति लिएको थियो। यो प्रकरणमा गम्भीर अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप