काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा शान्तिप्रक्रियाको बाँकी कामलाई तत्काल अघि बढाउने विषयमा छलफल भएको छ। बालुवाटारमा आयोजित यस बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिन सिफारिस समितिलाई छिट्टै गठन गर्ने निर्णय भएको छ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार आयोगमा शान्ति प्रक्रियाको भावना र कानुनी ज्ञान भएका व्यक्तिहरू नियुक्त गरिनुपर्ने सहमति भएको छ। उनले भने, “सिफारिस समितिले पूर्णता पाएपछि आयोगका पदाधिकारी सिफारिस हुनेछ।"
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, र महान्यायाधिवक्ता रमेश वडाल पनि सहभागी थिए।
गत भदौ १३ गते राष्ट्रपति द्वारा संशोधित कानुन प्रमाणीकरण भएसँगै यी आयोगहरूलाई पुनर्संरचना गर्ने कार्यमा तिव्रता आएको छ।
प्रमुख छलफल बुँदाहरू:
1. शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन सहमति।
2. सिफारिस समितिलाई छिट्टै पूर्णता दिन सहमति।
3. कानुनी र शान्ति प्रक्रियालाई बुझ्ने व्यक्तिहरूको चयनमा जोड।
- Jigyasa media