Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

आज र भोलि दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने

निर्वाचन आयोगको कार्यतालिका कार्यान्वयनमा, केही दलको आपत्ति कायमै

  •   १० महिना अघि | १३ पुस २०८२, आइतवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (पुस १३) र भोलि (पुस १४) राजनीतिक दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेस गर्न समय दिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार यी दुई दिनभित्र दलहरूले आफ्नो बन्द सूची आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित समयमै बन्द सूची पेस गर्न सबै दललाई आग्रह गरिएको छ।

यद्यपि, केही राजनीतिक दलहरूले भने बन्द सूची पेस गर्ने समयतालिका केही दिन पर सार्न सरकारलाई आग्रह गर्दै आएका छन्। यसै सन्दर्भमा शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तालिका केही दिन पछाडि सार्नुपर्ने प्रस्ताव राखेका थिए।

आयोगको कार्यतालिकाअनुसार आज र भोलि पेस हुने बन्द सूचीको पुस १५ गतेदेखि २० गतेसम्म छानबिन गरिनेछ। त्यसपछि पुस २१ गतेदेखि २७ गतेसम्म आयोगले दलहरूलाई आवश्यक सुधार र मिलानका लागि समय दिनेछ।

त्यसैगरी, पुस २८ गतेदेखि माघ ३ गतेसम्म मिलाइएको बन्द सूची ठीक छ वा छैन भन्ने विषयमा आयोगले पुनः परीक्षण गर्नेछ भने माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने कार्यतालिका छ। अन्ततः माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

यसपटकको निर्वाचनका लागि १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीमा सहभागी हुन दर्ता गराइसकेका छन्। समानुपातिक बन्द सूची पेस गर्ने यो चरणलाई निर्वाचन प्रक्रियाको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका समयमै कार्यान्वयन भए आगामी निर्वाचन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र विश्वासिलो हुने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप