Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रे कांग्रेस महाधिवेशनको बहसमा स्पष्ट ध्रुवीकरण

विशेष महाधिवेशन - नियमित महाधिवेशन : कुन पक्षमा को ?

  •   ८ महिना अघि | २४ पुस २०८२, बिहिबार

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसभित्र केन्द्रीय स्तरदेखि महाधिवेशनको विषयलाई लिएर बहस चर्किँदै जाँदा काभ्रे जिल्लामा पनि नियमित महाधिवेशन कि विशेष महाधिवेशन ? भन्ने प्रश्नले स्पष्ट राजनीतिक ध्रुवीकरण देखिएको छ।

काभ्रे कांग्रेसका सक्रिय नेता, जनप्रतिनिधि र पार्टी पदाधिकारीहरू दुई फरक धारमा उभिएका छन्। एक पक्ष विशेष महाधिवेशनको पक्षमा खुला समर्थन जनाइरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशन गर्न नहुने अडानमा उभिएको छ।

विशेष महाधिवेशनको पक्षमा काभ्रे कांग्रेस बाट को को खुले ?

(केन्द्रमा गगन थापा–विश्वप्रकाश शर्मा प्यानल, काभ्रेमा तिर्थ लामा प्यानल)

विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिने काभ्रे कांग्रेसका प्रमुख नेताहरू यसप्रकार बुझिन्छ ।

तिर्थ लामा – काभ्रे जिल्ला सभापति

मधु आचार्य – केन्द्रीय सदस्य

माधव ढकाल / गुणराज मोक्तान – जिल्ला सचिव

दिनेश लामा – रोशी गाउँपालिका अध्यक्ष तथा प्रतिनिधिसभा क्षेत्र नं. १ सभापति

भुम्लु गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका सभापति

चन्द्रबहादुर तामाङ – तेमाल गाउँपालिका अध्यक्ष

सागर मोक्तान – महाभारत गाउँपालिका सभापति तथा उपाध्यक्ष

मण्डनदेउपुर सभापति – कार्यक्रम नदेखिए पनि विशेष महाधिवेशनको समर्थन

महेश कर्माचार्य – बनेपा नगरपालिका सभापति

समीर व्यञ्जु श्रेष्ठ – सह–सचिव

रिमबहादुर तामाङ – जिल्ला समन्वय समितिका उपाध्यक्ष

सुन्दरमणि आचार्य

यस समूहले पार्टीलाई समयानुकूल सुधार गर्न, आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्व चयनमा नयाँ बहस आवश्यक रहेको भन्दै विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएको छ।

विशेष महाधिवेशन गर्नु हुँदैन भन्ने पक्षमा

(केन्द्रमा शेरबहादुर देउवा प्यानल, काभ्रेमा शिव हुमागाईं प्यानल)

विशेष महाधिवेशनको विपक्षमा उभिएका काभ्रे कांग्रेसका नेताहरू यसप्रकार बुझिन्छ ।

शिव हुमागाईं – केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति

गणेश लामा - केन्द्रीय सदस्य 

रमेशप्रसाद हुमागाईं – जिल्ला उपसभापति


महेश खरेल – पाँचखाल नगरपालिका मेयर तथा प्रतिनिधिसभा क्षेत्र नं. २ सभापति लगायतले भने गर्नुपर्ने अडान राखेर संयुक्त विज्ञप्ति निकालेका छन् । 

कञ्चनचन्द्र बादे – बागमती प्रदेश मन्त्री तथा काभ्रे प्रदेशसभा सदस्य

शान्तिरत्न शाक्य – बनेपा नगरपालिका मेयर

रामशरण भण्डारी – पनौती नगरपालिका मेयर

भगवान भण्डारी – बेथानचोक गाउँपालिका अध्यक्ष

ठाकुरप्रसाद न्यौपाने – उपसभापति

रविन्द्रनाथ सिग्देल – सह–सचिव

यस पक्षले पार्टी विधानअनुसार नियमित महाधिवेशन नै उपयुक्त हुने र विशेष महाधिवेशनले संगठन थप कमजोर बनाउने तर्क गर्दै आएको छ।

हालसम्म खुलेर कुनै पक्ष नलिएका नेताहरू

काभ्रे कांग्रेसका केही प्रभावशाली नेताहरू भने हालसम्म कुनै पनि पक्षमा खुलेर उभिएको देखिएका छैनन्—

कुनसाङ लामा – नमोबुद्ध नगरपालिका मेयर तथा सभापति

(कृष्णप्रसाद सिटौला/शिव हुमागाईं प्यानलसँग नजिक मानिए पनि हाल स्पष्ट नभएको)

विदुर बस्नेत – धुलिखेल नगरपालिका सभापति

चौरिदेउराली गाउँपालिका सभापति

काभ्रे कांग्रेसमा गहिरिँदै गुटगत बहस

काभ्रे जिल्लामा देखिएको यो राजनीतिक ध्रुवीकरणले आगामी दिनमा कांग्रेस राजनीतिमा काभ्रेको भूमिकालाई निर्णायक होला नहोला भन्ने बहस छ। विशेष महाधिवेशनको माग र त्यसको प्रतिवाद दुवै पक्ष सक्रिय देखिँदा, जिल्ला संगठनभित्र आन्तरिक बहस अझ चर्किने देखिएको छ।

  • Jigyasanepal

थप