Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

एमालेको नयाँ नेतृत्व चयन आज, भृकुटीमण्डपमा बिहान ८ बजेदेखि विद्युतीय मतदान

  •   ११ महिना अघि | २ पुस २०८२, बुधबार

काठमाडौं।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। पटक–पटक सारिएको मतदान प्रक्रिया अन्ततः आज बिहान ८ बजेदेखि सुरु हुने एमाले नेताहरूले मंगलबार राति नै जानकारी दिएका छन्।

एमालेको ११औँ महाधिवेशन जारी रहेको काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने व्यवस्था गरिएको छ। पार्टी नेतृत्व चयनका लागि प्रविधिको प्रयोग गर्दै गरिएको यो निर्वाचनलाई चासोका साथ हेरिएको छ।

नेतृत्वको प्रतिस्पर्धामा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले महाधिवेशन प्रतिनिधिसँग अन्तिम चरणको मत माग्ने अभियान तीव्र पारेका छन्।

महाधिवेशनको निर्णायक मोडमा पुगेको यस निर्वाचनले एमालेको आगामी कार्यदिशा, संगठनात्मक संरचना र राजनीतिक रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप