Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||    

श्रीलंकामा अनुराकुमाराको एनपीपीको ऐतिहासिक जित, दुई तिहाई नजिक

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

श्रीलंका। 

श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ दल नेशनल पिपुल्स पावर (एनपीपी) ले हालै सम्पन्न संसदीय निर्वाचनमा ऐतिहासिक सफलता हासिल गर्दै दुई तिहाई बहुमत नजिक पुगेको छ।

निर्वाचन परिणामअनुसार, एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत मत प्राप्त गर्दै १३७ सिट जितेको छ। यसले २२५ सदस्यीय संसदमा बहुमतका लागि आवश्यक ११३ सिटलाई सहजै पार गरेको छ। अघिल्लो निर्वाचनमा केवल ३ सिटमा सीमित एनपीपीको यो उचाइलाई विश्लेषकहरूले 'राजनीतिक भू-परिवर्तन' को संज्ञा दिएका छन्।

विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ३५ सिटमा सीमित हुँदा, पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले ४३ सिट मात्र जित्न सक्यो। यसैगरी, राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) को प्रदर्शन झन् निराशाजनक रह्यो, केवल २ सिटमा सिमित।

सन् २०२४ को राष्ट्रपतिको निर्वाचनमा अपेक्षाकृत राम्रो नतिजा ल्याए पनि यस पटक एनपीपीको यस भारी जितलाई 'जनताको विश्वासको अभूतपूर्व अभिव्यक्ति' का रूपमा हेरिएको छ। यस जितले श्रीलंकामा दीर्घकालीन राजनीतिक स्थिरताको अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार एनपीपीले भ्रष्टाचारविरोधी एजेन्डा, समावेशी आर्थिक नीति, र युवा नेतृत्वको प्रभावकारी रणनीतिका कारण यो सफलता पाएको हो।


स्रोत: श्रीलंकाका प्रमुख मिडियारिपोर्टहरू।


  • Jigyasa media

थप