भक्तपुर, असोज २३ — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा देशको सार्वभौमिकता, संविधान र लोकतन्त्रमाथि भइरहेको आक्रमणप्रति कडा आपत्ति जनाउँदै दृढ स्वरमा भने —
> “म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।”
ओलीले अहिलेको सरकार संविधान, संसद् र लोकतान्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने, “यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।”
उनले लोकतान्त्रिक शक्तिहरूलाई संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि एकजुट हुन आह्वान गर्दै भने, “संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य हुनेछैन। अब लोकतान्त्रिक शक्तिहरू एउटै मञ्चमा उभिएर देशको रक्षा गर्नुपर्छ।”
त्यस क्रममा उनले विदेशी कम्पनी र शक्तिहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने उल्लेख गर्दै दृढ स्वरमा भने —
> “यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन।”
अध्यक्ष ओलीले अहिलेको सरकारलाई राष्ट्रिय एकता तोड्ने, भाँडभैलो मच्चाउने, र संवैधानिक मूल्यहरूमाथि प्रहार गर्ने सरकार भएको आरोप पनि लगाए। उनका अनुसार देशको दीर्घ स्थायित्व र लोकतान्त्रिक अभ्यासका लागि अब सबै लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहमति र समझदारीको आवश्यकता अत्यावश्यक छ।
🔴 ओलीको स्पष्ट भनाइ थियो —
> “देश र जनताको स्वाभिमानमाथि आँच आउने कुनै पनि कार्य सह्य हुने छैन। म एक्लै भए पनि देशको सम्मानका लागि लड्नेछु।”
-
Jigyasanepal