Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, मौसमविद्को सतर्क रहन आग्रह

  •   ४ महिना अघि | ३२ असार २०८३, बिहिबार

काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बिहीबार पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेको छ भने पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको हो।

दिउँसो यस्तो रहनेछ मौसम

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई, साथै मधेस र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोसी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि वर्षा जारी रहने

मौसम विभागका अनुसार रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा मधेस, कोसी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले लगातारको वर्षाका कारण नदी–खोलामा पानीको सतह बढ्ने, बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप