Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

मंसिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा, दुर्गा प्रसाईँको चेतावनी—‘आन्दोलन शान्तिपूर्ण हुनेछ’

  •   १ वर्ष अघि | १२ कार्तिक २०८२, बुधबार

काठमाडौं, कात्तिक १२ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले यो आन्दोलनलाई ‘देश र जनताको हितमा चल्ने ऐतिहासिक अभियान’को रूपमा चित्रण गरेका छन्।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने, “अब हामी मौन रहने छैनौं, मंसिर ७ देखि देशभर आन्दोलनको बिगुल फुक्नेछौं।” उनका अनुसार आन्दोलनको उद्देश्य राजनीतिक, नैतिक र सांस्कृतिक पुनर्जागरणको सुरुवात गर्नु हो।

प्रसाईंले आन्दोलनको तयारीबारे मानव अधिकार आयोगलाई समेत औपचारिक जानकारी दिएको बताएका छन्। उनले भने, “यो हाम्रो संवैधानिक अधिकार हो, हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्नेछौं। कसैले आन्दोलनको नाममा तोडफोड वा आगजनी गरे त्यसको जिम्मेवारी हाम्रो अभियानले लिने छैन।”

उनका अनुसार आन्दोलनमा देशका सबै जिल्लाबाट नागरिक सहभागिता सुनिश्चित गरिनेछ। उनले जोड दिँदै भने, “यो कुनै व्यक्तिको आन्दोलन होइन, राष्ट्र र नागरिकको आत्मसम्मानको आवाज हो।”

प्रसाईंले पछिल्ला राजनीतिक विचलन, भ्रष्ट्राचार, धर्म र संस्कृतिमाथिको आक्रमण, र राष्ट्रिय स्वाभिमानको गिरावटप्रति गहिरो असन्तोष जनाउँदै यस्तो आन्दोलन अपरिहार्य भएको दाबी गरे।

उनले अन्त्यमा भने, “देश बाँचोस्, नागरिक सुरक्षित रहून्—यही हाम्रो आन्दोलनको आत्मा हो। हामी कानुनी र नैतिक सीमाभित्र रहेर संघर्ष गर्नेछौं।”

  • Jigyasanepal

थप