Breaking News
सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||    

उपमेयर सुनिता डंगोलद्वारा मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौं: उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।

मंगलबारको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले मेयर शाहले एकलौटी निर्णय गर्दै गर्दा महानगरका निर्णयहरू विवादमा परेको भन्दै असन्तुष्टि प्रकट गरिन्। 

डंगोलले बैठकमा भनिन्, "महानगरपालिकाले प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेका छन्। यसले सबै निर्णय सबैको सहमतिमा गरिएको हो कि होइन भन्ने प्रश्न उठाउँछ।" 

उहाँले उल्लेख गरिन् कि संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय गर्नाले जनप्रतिनिधिहरूले सूचनाबाट मात्र जानकारी पाएका छन्। यसले निर्णयहरूको कार्यान्वयनमा समस्या आएको र संशोधन आवश्यक परेको बताइन्। 

साथै, उपमेयर डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर जारी भएकोमा पनि आपत्ति जनाउँदै ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताइन्।

  • Jigyasa media

थप