Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

लिङ्देनको चेतावनी : सरकार नसुध्रिए बालुवाटार घेरिन सक्छ

  •   २ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ताले सुधारको बाटो नअँगाले कडा आन्दोलनको संकेत दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले बालुवाटार घेर्ने चेतावनी दिएका हुन्।

उनले भने, “म फेरि भन्छु, गोली चलाउने कुरा होइन, तर यदि सरकारले नसुने हामी बालुवाटार घेर्न सक्छौं, भात पानी नै बन्द गरिदिन सक्छौं।” उनले आन्दोलनको शैली शान्तिपूर्ण हुने स्पष्ट गरे पनि त्यसको प्रभाव गम्भीर हुन सक्ने संकेत दिएका थिए।

सूचना प्रविधिको विकाससँगै अब जनताले अँध्यारोमा बस्न नसक्ने उल्लेख गर्दै उनले भने, “अबका जनता मूर्ख छैनन्, सूचना कसैले मुठ्ठीमा राख्न सक्दैन।”

लिङ्देनले विरोधको स्वरुपलाई लिएर पनि प्रष्ट पारे। “यदि विद्रोहमा जानुपर्छ भने सल्लाह गरेरै जान्छौं, झुक्याएर होइन,” उनले भने।

सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै लिङ्देनले अबको आन्दोलन संगठित र योजनाबद्ध हुने जनाए।


  • Jigyasa media

थप