Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मेरो टोपी कैलाशको शिरजस्तो छैन

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार


✍🏼निर्भीकजंग रायमाझी

०००

मेरो त 

निधारै अक्करे भीरजस्तो छ

नाम्लोको डाम र ढुङ्गाको खत कुँदिएको । 


यो थाप्लामा 

पसिना पनि अडिन मान्दैन

लत्रँदै नाकबाट सुकेको ओठ भिज्न आइपुग्छ

म माटो लागेकै हातले पुछिदिन्छु निधार

तिम्रोजस्तो पङ्खा बनाउन 

कहाँ छ र मसँग टोपी 


म बिसु पासवान 

यही माटो उधिनेर जीवन बित्न लागिसक्यो

एक थान टोपी किन्न सकेको छैन ।


मैले त फेटा गुथेर शिरलाई 

शीतलहरबाट बचाइरहेको छु 


चप्पलसँग चुरा–पोते साट्न

टाउकोमाथि कुम्लो बोकी 

डमरू बजाउँदै पहाडको उकालो चढिरहेको छु । 


लजाइलजाइ लगाएको थिएँ टोपी 

पहाडबाट भगाएर दुलही 

शिव–मन्दिरमा सिन्दुर हाल्न लाग्दा 

पुजारी बा’ कड्केपछि लगाएको थिएँ 

त्यो पनि मधेस झर्दा चुरेमै हरायो 


यति वर्षपछि

आज अचानक तिम्रो सहरले

मेरो नाङ्गो टाउको अराष्ट्रिय घोषणा ग¥यो

के गर्नू आफ्नो त 

निधारै अक्करे भीरजस्तो 


माफ गर्नुस् सरकार !


तपाईँको राष्ट्रिय गीतले भनेझैँ

मेरो टोपी कैलाशको शिरजस्तो छैन ।  

    ०००


  • Jigyasa media

थप