Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

घण्टाघर

  •   ३ हप्ता अघि | ४ भदौ २०८३, बिहिबार

✍️भूपि शेरचन 


कुनै फाटेर

कुनै मुसाले काटेर

कुनै छोरा-नाति

एक-एक गरी

फौजका सब पुराना जर्सी सिद्धिए ।

तर जतनसाथ बचाइराखेको

फौजी जीवनका दुइटा प्रिय चिन्ह

एउटा पुरानो डिजाइनको ठुलो-गोलो जेबघडी

छातीमा झुन्ड्याएर,

अनि एउटा पुरानो टोप शिरमा लाएर

माछा मार्ने निहूँले

बुढेसकालमा लामा

र दिक्दारे दिन बिताउने

एउटा पेन्सिनवाला बूढो लाहुरेझैं

रानी पोखरीमा बल्छी हालेर

तटमा उभिएर निरन्तर

झोक्रिरहेछ घण्टाघर ।

  • Jigyasanepal

थप