Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

कताबाट फेरि यो सुनामी आयो

  •   २ महिना अघि | १८ भदौ २०८३, बिहिबार

✍️कृष्णहरि बराल


थिए शिरमाथि हजार दु:ख आफ्नै,

कताबाट फेरि यो सुनामी आयो।

लियो ज्यान धेरै, पियो बस्ती सारा,

बिना सूचना नै यो बेइमानी आयो।


कतै मर्नु पर्ने नपाएर पानी,

कतै पानीमा नै डुबिमर्नु पर्ने।

कतै सास फेर्न पनि छैन हावा,

कतै आँधीमा नै उडिमर्नु पर्ने।

नसोचेको कहिल्यै, नचाहेको कहिल्यै,

किन फेरि यस्तो यो हरामी आयो।


लियो ज्यान धेरै, पियो बस्ती सारा...


हामी सन्तती हौँ यसै धरतीका,

तर बेलाबेला किन घात गर्छ।

यहाँ हामीले भुल के नै गर्यौँ र,

घरि आगो छर्छ, घरि पानी छर्छ।

नसहेर हो कि यो यात्रा उज्यालो,

बिथोल्नै भनी यो प्रतिगामी आयो ।


लियो ज्यान धेरै, पियो बस्ती सारा...

  • Jigyasanepal

थप