Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

धूवाँको जङ्गल

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

कविता


 ✍🏼ईश्वरबल्लभ


माथि आकास हेर्नु छ

क्षितिज छुनु छ

एक जनालाई फूलको थुँगा दिनु छ

नजिकमा कोही छ कि छैन !

यदि छ भने उसलाई बोलाउनु छ


फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ

साँझको रक्तिम कलिलो घाम

सायद कतै हराएछ

बिहानको सखार पनि देखिएन

ओरालो पनि छैन

कता गए ती बस्तीहरू ?

कता गए ती आफन्तहरू ?

यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ ।

  • Jigyasa media

थप