Breaking News
तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||    

तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  •   ५४ मिनेट अघि | १९ कार्तिक २०८३, बिहिबार

तस्बिर : AI

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा मौसम बदली हुने भएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो कोसी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको भनाइ छ।

यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मौसममा परिवर्तन देखिन सक्नेछ।

  • Jigyasanepal

थप