Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

एनआरएनए ‘ग्लोबल’ सम्मेलन काठमाडौंमा आजदेखि सुरु

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौँ, कात्तिक ११ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ। "रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता" भन्ने नारासहित आयोजना गरिएको सम्मेलनको उद्घाटन बिहान ९:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, उच्च पदस्थ पदाधिकारीहरू, र विश्वभरबाट आएका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। विभिन्न देशबाट आएका एनआरएन प्रतिनिधिहरू साधारणसभामा भाग लिन काठमाडौं आइपुगेका छन्, र सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जनाएको छ।

सम्मेलनको पहिलो दिन आर्थिक रूपान्तरणका लागि पूर्वाधार विकास, गैरआवासीय नेपाली नागरिकता, मताधिकार, गोर्खा र विदेशी नागरिकका हकहरू, जलवायु परिवर्तनले महिला र बालबालिकामा पार्ने असर, तथा समृद्ध नेपालका लागि विज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुनेछ।

दोस्रो दिन प्रवासी युवाको सशक्तीकरण, वैदेशिक रोजगारीको सुरक्षा, सामाजिक सुरक्षा, तथा नेपाल पर्यटन प्रवर्द्धन नीति लगायतका विषयहरूमा सत्रहरू राखिनेछन्। यस ‘ग्लोबल’ सम्मेलनले सरकार, गैरआवासीय नेपाली समुदाय, र अन्य सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।

कात्तिक १२ मा एनआरएनए विधान अनुसार नियमित वार्षिक साधारण सभा पनि आयोजना गरिनेछ, जसमा ६० भन्दा बढी देशका प्रतिनिधिहरू भर्चुअल र प्रत्यक्ष रूपमा सहभागी हुनेछन्। साधारणसभामा आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तयारी छ। एनआरएनएले यस वार्षिक साधारणसभालाई एकताको थलो बनाउने उद्देश्यसहित विगतका असमझदारीलाई छलफलबाट समाधान गर्ने आह्वानगरेको छ।


  • Jigyasa media

थप