Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

खड्का परिवारले गरे भुम्लु गाउँपालिका भवन बनाउन ६ रोपनी जग्गा दान

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ऐतिहासिक अवसर पाएको छ, जसमा वडा नं. ५ निवासी स्व. दिलबहादुर खड्काको परिवारले ६ रोपनी जग्गा दान गरेको छ। पालीकाले उक्त जग्गा पाए सँगै यस महत्त्वपूर्ण कदममा खड्काकी श्रीमती धनलक्ष्मी खड्का र उनका जेठा छोरा गुणबहादुर खड्का, माइली बुहारी सरस्वती खड्का र कान्छा छोरा ठम बहादुर खड्का समेतले सो जग्गा दान गरेका हुन् । स्थानीय विकास र प्रशासनिक सेवा सुधारका लागि कुनै स्वार्थविना आफूहरुले यो जग्गा दान गरेको वहाँहरुको भनाइ छ । 


पालिका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई भन्नुहुन्छ "स्व. दिलबहादुर खड्काको परिवारले वहाँको सम्झनामा गरिएको यो दानले गाउँपालिकाको विकास यात्रालाई नयाँ उचाइमा पुर्‍याउने छ।" वहाँहरुको योगदानको उच्च सम्मान छ " स्थानीय स्तरमा सरल, चुस्त र दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले प्रदान गरिएको यो जग्गाले भविष्यमा गाउँपालिकालाई प्रभावकारी प्रशासकीय भवन निर्माण गर्न मार्गप्रशस्त गरेको छ । भुम्लु गाउँपालिकाले खड्का परिवारको यो योगदानप्रति कृतज्ञता प्रकट गर्दछौं ।"

उक्त जग्गा दानको विषयलाई जनप्रतिनिधिहरु पालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिले गाउँको समृद्धिको दिशामा एक ठूलो महत्वपूर्ण कदमको काम थालनी भएको र यसले भविष्यमा भुम्लु गाउँपालिकाको विकास र समृद्धिको बाटोमा एक इटा थप्न मद्वत पुगेको व्याख्या गरेका छन् ।

  • Jigyasa media

थप