Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

रामेछापको भिरपानीमा बस दुर्घटना: ११ भन्दा बढी यात्रु घाइते, दुईको अवस्था गम्भीर

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

काठमाण्डौ ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस मंगलबार दिउँसो रामेछापको भिरपानीमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार ११ देखि १२ जना यात्रु घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते यात्रुहरुलाई उपचारका लागि मुलकोट लगिएको छ।

स्थानीयले दिएको जानकारी अनुसार बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेका थिए। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

बाढी-पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भइरहेको छ।

यसअघि आज बिहान पनि काठमाडौंबाट सिन्धुलीको फिक्कलतर्फ जाँदै गरेको टाटा सुमो रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो। मन्थली नगरपालिका–७ भटौली पुलमाथि भएको दुर्घटनामा चालक घाइते भएका छन् भने सुमोमा ११ जना यात्रु सवार थिए।


  • Jigyasa media

थप