Breaking News
पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||    

अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौँ, कात्तिक ११ – काठमाडौँको नागार्जुन नगरपालिका–१, रानीवनमा अवैध हतियारसहित नेपाली सेनाका सिपाही अनिल खड्का पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले शनिबार राति ९ बजे खड्कालाई एक खाजा घरमा हतियार बोकेर धम्की दिइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।

२५ वर्षीय अनिल खड्काको साथबाट युएस ६५ नम्बर लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको छ। उनी दैलेखका स्थायी बासिन्दा भए पनि हाल रानीवनमा बस्दै आएका थिए। प्रहरीका अनुसार खड्काले उक्त क्षेत्रमा हतियार प्रदर्शन गर्दै स्थानीयलाई त्रसित बनाउने गरेको जानकारी प्राप्त भएपछि निगरानी राखिएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले खड्का नेपाली सेनाका सिपाही भएको पुष्टि गर्दै बरामद हतियार भने सेनाको नभएको बताए। खड्का हाल स्वयम्भूस्थित सेनाको अस्थायी निर्देशमा काजमा खटिएका थिए।

अदालतको आदेशपछि घटनाको थप अनुसन्धान अघि बढ्ने बताइएको छ। सैनिक ऐन अनुसार अनुशासन उल्लंघन, हातहतियार र खरखजाना सम्बन्धी मुद्दा सैनिक अदालतमा पेश हुने प्रावधान छ। यदि गम्भीर कसूर ठहर भए, उनलाई जागिरबाट बर्खास्त गर्नुका साथै जेल सजाय हुनसक्ने प्रावधान सेनाको ऐनमा व्यवस्था गरिएको छ।


  • Jigyasa media

थप