Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

काभ्रेभञ्ज्याङमा अवैध पटका नियन्त्रणमा, ट्रक चालक फरार

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

धुलिखेल – 

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ९ काभ्रेभञ्ज्याङस्थित बिपी राजमार्गमा नियमित चेकजाँचको क्रममा ठूलो परिमाणमा अवैध पटका फेला परेको छ। मिति २०८१ असोज ५ गते बिहान करिब ५ बजे, अ.प्र.पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरी निरीक्षक चित्र ब. खुलाल र ट्राफिक प्रहरी निरीक्षक रामेश्वर पाण्डे नेतृत्वको पाँच सदस्यीय टोलीले सिराहाबाट काठमाडौं तर्फ गइरहेको ना ५ ख ७१७९ नम्बरको ट्रकलाई चेकजाँच गर्दा भुस्सा भित्र लुकाइ राखिएका २६ काटुन अवैध पटका बरामद गरेको छ।

प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेका छन्। प्रहरीले खोजी कार्य जारी राखेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


बरामद गरिएका पटकाहरु:

१. Joker लेखिएको ५ काटुन, प्रत्येकमा ८० प्याकेट, जम्मा ४०० प्याकेट।

२. High Speed Spinner लेखिएको ५ काटुन, प्रति काटुन २४० बण्डल, जम्मा १२०० प्याकेट।

३. Single Rocket लेखिएको २ काटुन, प्रति प्याकेट १५ पिसको दरले जम्मा ७२० पिस।

४. खुर्सानी (Cobra) लेखिएको पटका १४ बोरा, प्रति बोरा १७/१८ बण्डलको दरले, जम्मा २,८६,८०० पिस।

प्रहरीले अवैध रूपमा ल्याइएका यस्ता पटकाहरु चाडपर्वको समयमा बजारमा बेच्न ल्याएको आशंका व्यक्त गरेको छ।


  • Jigyasa media

थप