Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

मुग्लिन-नारायणघाट सडकमा ट्रक दुर्घटना, दुईको मृत्यु, तीन घाइते

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

मुग्लिन–नारायणघाट सडकखण्डमा चामल बोकेको ट्रक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

दुर्घटना इच्छाकामना गाउँपालिका–६ नौकिलोमा आइतबार साँझ भएको हो। बा.प्र.०३००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा मकवानपुर गढी गाउँपालिकाका दिपक दाहाल र श्याम बजगाईंको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

घाइते तीन जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनापछि ट्रकमा च्यापिएका घाइतेहरुलाई उद्दार गरी उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई पल्टिएको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान जारी छ।


  • Jigyasa media

थप