Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

नुवाकोटमा ठूलो परिमाणमा भन्सार छली मोबाइल बरामद, एक जना वृद्ध पक्राउ

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

नुवाकोट । नुवाकोटको कोल्पुटारमा प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरेर ल्याइएका विभिन्न कम्पनीका मोबाइलहरू बरामद गरेको छ। यस क्रममा एक जना वृद्धलाई समेत पक्राउ गरिएको छ।

त्रिदेशीय गल्छी–देवीघाट–त्रिशूली सडकमार्गको कोल्पुटार क्षेत्रमा सोमबार चेकजाँचको क्रममा प्रहरीले ८९ थान मोबाइलसहित ५९ वर्षीय डम्बरसिंह विष्टलाई नियन्त्रणमा लिएको हो।

बेलकोटगढी नगरपालिका–५ स्थित अस्थायी प्रहरी पोस्ट नजिकै प्रहरीको टोलीले बा ३ ख ८६१२ नम्बरको हाइस माइक्रोबसलाई चेक गर्दा, विष्टले झोलामा लुकाएर ल्याएको ६६ लाख ८९ हजार ८ सय रुपैयाँ बराबरका ११ प्रकारका मोबाइलहरू बरामद भएका थिए।

प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार, बिना बिल ल्याइएका ती मोबाइलहरू भन्सार छली गरेर ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गल्छी–त्रिशूली सडकखण्डमा सवारी चेकजाँचको क्रममा सो मोबाइलहरू फेला परेको र पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको डीएसपी भारतीले जानकारी दिए।

बरामद मोबाइलहरू र पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको छ।


  • Jigyasa media

थप