Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

झापाको निन्दा खोलामा नवजात शिशु फेला, उद्धार गरी प्रहरीको संरक्षणमा

  •   २ वर्ष अघि | ३० कार्तिक २०८१, शुक्रबार

झापा, कात्तिक ३० - झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोलाको छेउमा एक नवजात शिशु (छोरी) फेला परेको छ। स्थानीयहरूले घारीमा कमिलाले टोकेर रगत आएको अवस्थामा जिउँदै फेला पारेपछि शिशुलाई तुरुन्तै उद्धार गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाएका छन्।


झापा प्रहरीका अनुसार शिशुको अवस्था सामान्य रहेको छ, तर उसको पहिचान अझै हुन सकेको छैन। यस विषयमा अनुसन्धान अगाडि बढाइएको र शिशुलाई त्यहाँ कसले राख्यो भन्नेबारे जानकारी संकलन भइरहेको डीएसपी कृष्ण चन्दले जानकारी दिए।


  • Jigyasa media

थप