काठमाडौं । इजरायली हवाई आक्रमणले गाजाको उत्तरी क्षेत्र बेइट लाहियामा ८७ जनाको ज्यान गएको छ। उद्धारकर्ताहरूले भग्नावशेषमुनि अझै कैयौँ मानिस फसेको आशंका गरेका छन्, जसका कारण मृतकको संख्या थप बढ्न सक्ने गाजाको सरकारी मिडिया कार्यालयले जानकारी दिएको छ।
गाजा पट्टीको उत्तरी क्षेत्रमा खाद्यान्न, पानी, र औषधिको आपूर्ति विच्छेद भएसँगै १६ दिनदेखि जारी इजरायली सैन्य घेराबन्दीले अवस्थालाई भयावह बनाएको छ।
यसैबीच, इजरायलले लेबनानको बेरुतमा हिजबुल्लाहका ठिकानामा आक्रमण गरिरहेको छ। यो आक्रमण हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतर्फ ड्रोन प्रहार गरेको जवाफी कारबाही हो। इजरायली समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार, नेतान्याहूले सामाजिक सञ्जालमा यस आक्रमणलाई गम्भीर गल्ती भनेका छन् र इजरायलले आफ्नो रक्षा युद्ध जारी राख्ने बताएका छन्।
- RSS