Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशी बयानका लागि रुपन्देही लगिए

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि सोमबार रुपन्देही लगिएको छ। हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका जोशीलाई सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिनका लागि रुपन्देही पठाइएको हो।

कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, बयान सकिएपछि जोशीलाई पुनः पोखरामा नै फर्काइनेछ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि, भदौ ३१ मा प्रतिवेदन कार्यान्वयनको निर्णय भएको थियो। सोही क्रममा असोज ६ गते जोशीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको थियो।

जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालकमध्ये एक हुन् र उनीमाथि विभिन्न सहकारीबाट आएको रकम दुरुपयोग गरेको आरोप छ। विशेषतः पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा मुछिएका उनी, सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगिएका हुन्। सुप्रिम सहकारीको मुद्दा यसअघि नै अदालतसम्म पुगेको छ, र बयानपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ।


  • Jigyasa media

थप