Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

बलुचिस्तानमा २४ घण्टाभित्र २३ जनाको हत्या, बीएलएले लियो जिम्मा

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

काठमाडौं— पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ। पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्गमा मुसाखेल जिल्लाको रारशाम इलाकामा बन्धुकधारी समूहले बस, भ्यान, र ट्रकमा रहेका मानिसहरूलाई ओरालेर गोली हानेका हुन्।

जिल्लाका सहायक आयुक्त नजीब कक्कडका अनुसार ३०/४० जनाको समूहले २२ वटा गाडी रोकेर पञ्जाबबाट आएका यात्रुहरूको पहिचानपछि गोली चलाएको थियो। यस आक्रमणमा २३ सवारी साधनमा आगजनी पनि गरिएको छ। 

घटनास्थलमा प्रहरी टोली पुगेको र हत्या गरिएका व्यक्तिहरूको शव संकलन गरी अस्पतालमा पठाउने काम भइरहेको छ। 

यस आक्रमणको जिम्मा चरमपन्थी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको छ। घटनापछि भएको जवाफी कारबाहीमा १२ जना चरमपन्थीको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। 

यसैगरी पछिल्लो २४ घण्टामा प्रहरी चौकी, सुरक्षा बलको शिविर, र सरकारी कार्यालयहरूमा पनि आक्रमण भएका छन्।

  • Jigyasa media

थप